सभामुखमा उम्मेदवारी दर्ता आज

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। प्रकाशित कार्यतालिका अनुसार आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ। 

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ। बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ। 

एक मात्र उम्मेदवार भएकाे अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ। 

सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले उम्मेदवार बनाउने निश्चित छ। एमालेले देवराज घिमिरेलाई अघि सार्ने करिब निश्चितजस्तै छ। नेपाली कांग्रेसलगायतका अन्य दलबाट सभामुखको उम्मेदवार टुङ्गो लागेको छैन।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us