इन्जिनियर घूससहित पक्राउ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ४० हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस उजुरी परेपछि अख्तियारको टोली खटिएको थियो । उनलाई एक लाख चालीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us