मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्।

आज प्रदेश सभाबाट उनले विश्वासको मत लिएका हुन्।

प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा १०९ जना सहभागी थिए।

मुख्यमन्त्री जम्कट्टेलका पक्षमा १०५ मत आएको छ।

नेपाल मजदुर किसान पार्टीका सांसदबाहेक अरू दलका सांसदले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएका हुन्।

बागमती प्रदेशका सभामुख भुवन पाठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाएको प्रदेश सभा बैठकमा जानकारी गराएका छन्।

मुख्यमन्त्री जम्कट्टेललाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका सांसदले विश्वासको मत दिएका हुन्।

सभामुख पाठक भने मतदानमा सहभागी भएका थिएनन्।

नेपाली कांग्रेसले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने बताएको छ।

नेकपा माओवादी केन्द्रका संसदीय दल नेता जम्कट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us