आजै विश्वासको मत लिँदै प्रदेश १ का मुख्यमन्त्री कार्की

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कार्कीले आज प्रदेश सभामा  विश्वासको मत लिने भएका छन्।

शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।

नेकपा एमालेका सांसद उनी गत पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए।

९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सहित मुख्यमन्त्री कार्कीलाई समर्थन गर्नेको संख्या ६० छ।

प्रतिपक्षमा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्।

विश्वासको मत लिनुअघि मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।

सम्भवत आज माओवादी केन्द्रबाट मन्त्री नियुक्त हुनेछन्।  

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us