घनश्यामलाई एकीकृत समाजवादीको स्वागत पत्र

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (एमाले) त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको अध्यक्ष माधवकुमार नेपालले बताए।

‘घनश्याम भुसाललाई हामीले उहाँले उठाएका सैद्धान्तिक र वैचारिक सवालको सम्बोधन हुनेगरी पत्र पठाएका छौं। उहाँलाई हामीले स्वागत पत्र पठाएका हौं,’ नेपालले भने।

भुसाललाई समाजवादीले बुधबार अपरान्ह पत्र पठाएको हो। भुसाल एक-दुई दिनमै समाजवादीमा जाने तयारी गरेका छन्।

भुसालले समाजवादीमा महासचिव दाबी गरिरहेका छन्। भुसालको पदीय जिम्मेवारीबारे नेपालले भनेका छन्, ‘उहाँको इतिहासको मूल्यांकन गर्दै पार्टीमा सम्मानजनक जिम्मेवारी दिन सिंगो पार्टी सकरात्मक छ।’

भुसाललाई अहिले सचिवालय सदस्यमा ल्याएर केही समयपछि पदाधिकारीको जिम्मेवारी दिने गृहकार्य एकीकृत समाजवादीमा छ।

प्रतिनिधि सभामा पार्टीले टिकट नदिएपछि भुसालले एमाले त्याग गर्दै रूपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए।

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको साथ रहँदा पनि निर्वाचनमा पराजय व्यहोरेपछि भुसाल फेरि दलगत राजनीतिमा फर्किन लागेका हुन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us