सभामुखका लागि दुई जनाको दाबी पेश

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

सुदूरपश्चिम प्रदेश सभा सभामुखका लागि दुई जनाले दाबी पेश गरेका छन्।

कांग्रसको तर्फबाट अछाम १ ‘क’ बाट निर्वाचित मानबहादुर रावलले दाबी पेश गरेका हुन्।

यस्तै, बझाङ ‘ख’ बाट निर्वाचित माओवादीका भीमबहादुर भण्डारीले दाबी पेश गरेका छन्।

प्रदेश सचिवालयले सभामुखको लागि आज साढे २ बजेसम्मका लागि दाबी पेश गर्ने समय दिएको थियो। 

सुदूरपश्चिमको प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सांसद छन्। नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) का ४ चार, राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us