गिरी बने लुम्बिनीका मुख्यमन्त्री

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लुम्बिनी प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री नियुक्त भएका छन्।

बुधबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुस २७ गते ४ बजेसम्मको समय सीमा तोकेका थिए।

प्रदेश प्रमुख शेरचनले दिएको अवधि भित्रै दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

गिरीले ७ दलका ५८ सांसदको हस्ताक्षरसहित बुधबार दिउँसो २ बजे मुख्यमन्त्रीको लागि दाबी पेश गरेका हुन्।

मुख्यमन्त्रीको दाबी पेशका लागि सत्ता गठबन्धनमा आवद्ध दलका सांसदहरू हस्ताक्षर सहितउपस्थित भएका थिए।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सांसदसहित पहिलो दल बनेको एमालेका २९ जना सांसद छन्। सरकारलाई माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३-३ जना सांसदले समर्थन गरेका छन्।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us