कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाली कांग्रेसले प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ।

यसअघि कांग्रेस संसदीय दलको आज बिहान बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो।

संसदमा बोल्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको रक्षाका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्। उनले नेपालका दलहरूले गठबन्धनको राजनीतिमा अभ्यस्त हुनु पर्ने पनि बताए।

यसअघि कांग्रेस सांसदहरू गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, प्रकाशमान सिंह र  प्रदीप पौडेलले प्रचण्डलाई विश्वासको मत दिन नहुने भन्दै असहमति राखेका थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us