घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेकपा (एमाले) छोडेर स्वतन्त्रबाट चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन्।

भुसाल एक-दुईभित्र एकीकृत समाजवादीमा आबद्ध हुन लागेको उच्च स्रोतले बतायो।

‘उहाँ १/२ दिनमा एकीकृत समाजवादीमा आबद्ध हुनुहुन्छ। यसबारे अन्तिम कुराकानी भइसकेको छ,’ उच्च स्रोतले भन्यो,‘सबै कुरा मिलिसकेको छ। पद के हुने भन्दा पनि उहाँ सचिवालयमा रहनुहुन्छ होला।’

मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। गठबन्धनका तर्फबाट त्यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको थियो।

भुसाल एमालेका छबीलाल विश्वकर्मासँग पराजित भएका थिए। 

एकीकृत समाजवादीमा प्रवेश गर्न उनले एउटा प्रस्ताव पनि बुझाएका छन्। 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us