नेपालको पार्टी पनि अब सत्ता गठबन्धनमा !

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने प्रष्ट धारणा नबनाउँदै दुई वटा प्रदेशमा भने सो पार्टीका सांसदहरू सत्ताकै कित्तामा उभिन पुगेका छन् ।

बागमती प्रदेशका एकीकृत समाजवादीका सात जना सांसदहरुले सोमबार सत्ता गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्मकट्टेललाई समर्थन गरे भने गण्डकीका एकमात्र सांसद दिपक मनाङेले पनि एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीलाई समर्थन गरे । 

दुई प्रदेशमा सत्ता गठबन्धनलाई साथ दिएको एकीकृत समाजवादीले केन्द्र सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने मंगलबार मात्रै निर्णय गर्ने जनाएको छ । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका प्रदेश सांसद कृष्णप्रसाद खनालले केन्द्रको संकेत अनुसार नै गठबन्धनको सरकारलाई समर्थन गरेको बताए । 

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us