गुजरातबाट नेपाल आउँदै गरेको बस दुर्घटना, ३ नेपालीको मृत्यु

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

भारतको गुजरातबाट नेपाल आउँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा ३ जना नेपालीको मृत्यु भएको छ।

भारतको लखनउदेखि १४ किलोमिटर नेपालतर्फ गउ उन्नाउ भन्ने ठाउँमा गए राति बस दुर्घटनाामा परेको थियो।

तीव्र गतिमा गुडिरहेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिएको थियो।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार बस दुर्घटनामा परेर टीकापुर ज्योतिनगरका ४० वर्षीय ललिल साउद र व्यवसाय क्षेत्रमा बसोबास गर्ने ४५ वर्षका चन्द्र साउदको मृत्यु भएको छ।

एक जना नेपाली महिलाको सनाखत हुन सकेको छैन। बस दुर्घटनामा ५ जना घाइते छन्।

बाक्लो हुस्सु लागेका कारण चालकले रोकिराखेको ट्रक नदेख्दा दुर्घटना भएको अनुमान गरिएको छ। बसमा ४० जना यात्रु थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us