महन्थ ठाकुरलाई लोसपाले विश्वासको मत बारे निर्णय गर्ने जिम्मा दियो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विश्वासको मतबारे निर्णय गर्ने जिम्मा अध्यक्षलाई दिएको हो ।

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् ।

यस्तै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । बैठकले संगठन विस्तारको कामलाई यथासिघ्र अगाडि बढाउने निर्णय पनि गरेको नेता केशव झाले जानकारी दिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us