राष्ट्रपति भण्डारी साझा बस चढेर मदन पुस्तकालय पुगिन्

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार ललितपुरस्थित मदन पुस्तकालय र पिम्बाहलको अवलोकन गरेकी छिन् । राष्ट्रपति भण्डारी साझा यातायातको विद्युतीय बस चढेर मदन पुस्तकालय पुगेकी थिइन् । उनले केही समय पिम्बाहल क्षेत्रमा पनि बिताएकी थिइन् ।

उनलाई ललितपुरका मेयर चिरिबाबु महर्जन तथा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले स्वागत गरेका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us