रवीना थापाले सुनील खड्काको नेतृत्वमा रहेको एनआरएनए युकेलाई मान्यता

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

रवीना थापाले सुनील खड्काको नेतृत्वमा रहेको एनआरएनए एनसीसीमा मान्यता दिदै सदस्यता वितरण गर्ने ढोका खोलिदिईन ।

लण्डन । गैर आवासीय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार संघको अन्तराष्ट्रिय समनवय परिषदले गत १८ अक्टोवर २०२२ मा लण्डनको ह्यारो मा भएको एनआरएनए युकेको विशेष साधारण सभाले गरेको निर्णयलाई अनुमोदन गरेको छ । उक्त साधारण सभाले श्री सुनिलबाबु खड्कालाई गैर आवासीय नेपाली संघ युकेको अध्यक्षमा मनोनयन गरेको थियो ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद आईसीसीकी कार्यकारी अध्यक्ष श्रीमति रविना थापाको अध्यक्षतामा ४ जनवरी २०२३ मा बसेको अन्तराष्टिय सचिवालयको बैठकले बिशेष साधारण सभाको निर्णयलाई मान्यता दिने निर्णय गर्दै श्री सुनील बाबु खड्काको अध्यक्षतामा रहेको गैर आवासीय नेपाली संघ युकेको कार्यसमिती आधिकारीक भएको प्रष्ट पारेको छ ।

गत १३ सेप्टेम्बर २०२२ आईसीसीले बिशेष निर्णय लिदै संघको विधान विपरित संघको प्रतिष्ठामा आच आउने गतिविधीमा संलग्न भएका गैर आवासीय नेपाली संघ युकेका तल्कालिन अध्यक्ष प्रेम गाहा मगरलाई पद मुक्त भएको जानकारी गराएको थियो । यस अगाडी एनआरएन युकेको कार्य समितीको बहुमतले विधान धारा ४१ अनुसार कारबाही गरी आईसीसीलाई जानकारी गराएको थियो । सचिवालयको बैठकमा यी लगायत बेलायतको मामलामा अध्ययन गर्न गठित बिशेष समितीको प्रतिबेदन माथि समेत छलफल भएको थियो ।

बेलायतको एनसीसीको सन्दर्भमा आईसीसीको १३ सेप्टेम्बरको पत्र अनुसार १८ अक्टोबरमा विशेष अधिबेशन सम्पन्न गरिएको थियो । अन्तराष्ट्रिय समन्वय परिषदको गत बुधबारको निर्णयले गैर आवासीय नेपाली संघ युकेमा रहेको अन्यौल समाप्त भएको छ भने सुनिलबाबु खड्कोको अध्यक्षतामा रहेको कार्यसमितीले पुर्ण आधिकारीकता पाएको छ ।

आईसीसीकी अध्यक्ष रविना थापाले लिएको यस निर्णयले आगामी ११ औ महाधिबेशन पहिले गैर आवासीय नेपाली संघ युकेको सदस्यता वितरण सम्बन्धी अन्यौल पनि समाप्त भएको छ । संघको केन्द्रिय विधान र एनसीसी युकेको विधान अनुसार सुनिलबाबु खड्काको नेतृत्वमा रहेको समितीलाई केन्द्रिय एमआइएस सिस्टम मार्फत सदस्यता वितरण गर्न आईसीसीले अनुमति दिएको छ ।

सोही अनुसार एनआरएनए युकेले आगामी ८ जनवरी २०२३ देखि केन्द्रिय एमआईएस सिस्टम मार्फत सदस्यता आबेदन खुल्ला गर्न लागेको बुभिएको छ ।

गैर(आवासीय नेपाली संघको ११ औं महाधिवेशनको लागि संघका राष्ट्रिय समितिहरुमा निर्वाचन शुरुको रौनक शुरु भएको छ । एनआरएनए यूकेले समेत आगामी जुलाई महिनामा संघको नयां नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal