जनसम्पर्क समिति बेलायतको सभापतिमा दोस्रो पटक युवराज गुरुङ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके)को आगामी कार्यकालको लागि युवराज गुरुङ दोस्रो पटक सभापति हुने भएका छन् । गत सेप्टेम्बर २६ मा बसेको समितिको बैठकले गुरुङलाई दोस्रो पटक सर्वसम्मत ढंगले नेतृत्व दिने सहमति भएको हो । सभापतिको प्रत्यासीका रुपमा हेरिएका शेरबहादुर सुनार, केशबहादुर गुरुङ, तर्कजंग गुरुङ, महेश दाहाल र कोपिला सुब्बासहित ६ जनालाई काँग्रेसको १४ औं महाधिवेशनमा प्रतिनिधि बनाउने सहमतिपछि वर्तमान सभापति गुरुङलाई दोस्रो पटक सभापति भएका हुन् ।
काँंग्रेसमा बेलायतबाट बढीमा १४ जना प्रतिनिधिहरु महाधिवेशनमा मतदान गर्न आगामी मंसिरमा काठमाण्डौं जाने तयारीमा छन । बैठकले बाँकी अन्य प्रतिनिधिहरु को को जाने भनी छनौट गर्ने जिम्मेवारी पनि सभापति गुरुङलाई नै दिइएको छ । सभापति पदका लागि सहमति जुटेसंगै एनपीसीसी यूकेको आगामी पाँचौं अधिवेशनमा बाँकी सबै पदहरुमा सहमति जुट्ने सम्भावना रहेको छ ।

बैठकमा एनपीसीसी यूकेको पाँचौं अधिवेशन कहिले गर्ने भन्ने विषयमा मिति तोक्न वाँकी रहेपनि काँग्रेसका सभापति शेरबहादुर देउवा आगामी अक्टोबर महिनाको अन्त्यतिर बेलायत भ्रमणको अवसर पारेर अधिवेशन गर्ने योजना छ ।

प्रधानमन्त्री देउवा आगामी नोभेम्बर १ बाट स्कटल्याण्डमा हुन गइरहेको विश्व जलवायु परिवर्तन तथा वातावरण संरक्षणका लागि हुने विश्व सम्मेलनमा भाग लिन बेलायत आउँने अन्तरराष्ट्रिय कार्यक्रम चय भएको छ ।
एक पटक अधिवेशन स्थलको निधो भइसकेपछि अक्टोबर ३० वा केही दिनको फरक पारेर अधिवेशन सम्पन्न गर्ने योजना समितिको रहेको छ ।

© 2022 All Right Reserved DiasporaNepal