बेलायतमा तेल अभाव: अवस्था सहज बनाउन सेना तयारी अवस्थामा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

This image has an empty alt attribute; its file name is uk-768x576.jpg

बेलायत -बेलायतमा तेल अभावका कारण पेट्रोल पम्पहरु बन्द हुन थालेका छन् । खुलेका पम्पहरुमा लाइन तथा भीडभाड बढेको छ । केही पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको बीबीसीले जनाएको छ ।

सेनाका ट्याङ्कर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन गर्नका लागि तालिम दिइने बेलायत सरकारले जनाएको छ । तर व्यापारमन्त्री क्वासी कोर्टनले पर्याप्त आपूर्ति रहेको दाबी गर्दै नागरिकलाई नआत्तिन आग्रह गर्नुभएको छ ।

आवश्यकता नभएका मानिसले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको उहाँको भनाइ छ । डाक्टर र स्याहार केन्द्रका कर्मचारीले अत्यावश्यक सेवाका कर्मचारीलाई तेलको प्राथमिकतामा राख्न आह्वान गरेका छन् ।

बेलायतमा लरी चालक अभावले इन्धन र खाद्यान्न सङ्कट बढ्दै गएको छ । कोरोना महामारीले चालक अनुमति पत्रको परिक्षा रोकिनु अनि ब्रेक्जिटका कारण यूरोपेली देशका कामदार स्वदेश फर्कनुलाई मुख्य कारण मानिएको छ ।

© 2022 All Right Reserved DiasporaNepal