विश्वकपबाट बाहिरिएपछि बेल्जियमका प्रशिक्षकले दिए राजीनामा

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

बेल्जियम विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । 

बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेको बेल्जियम विश्वकपबाट बाहिरिएको हो ।

अहमेद बिन अलि स्टेडियममा भएको खेलमा बेल्जियमले गोल निकाल्न सकेन । ४९ वर्षीय स्पेनिस प्रशिक्षकले ६ वर्षपछि बेल्जियमको प्रशिक्षक छाडेका हुन् ।
उनी २०१६ मा बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

© 2022 All Right Reserved DiasporaNepal