अफगानिस्तानको पछिल्लो घटनाक्रम साझा चिन्ताको विषय: परराष्ट्रमन्त्री खड्का

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

This image has an empty alt attribute; its file name is thumb-768x432.jpg

काठमाडौँ-नेपालले अफगानिस्तानमा पछिल्लो समय विकसित घटनाक्रम सबैको चिन्ताको विषय भएको बताएको छ । मंगलबार न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७६औं महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले अफगानिस्तानको पछिल्लो घटनाक्रम ‘साझा चिन्ताको विषय’ भएको बताएका हुन् ।

परराष्ट्रमन्त्री खड्काले शान्ति, सुरक्षा र स्थायित्वका लागि अफगानिस्तानका सबै पक्षलाई सहमति जुटाउन पनि आग्रह गरेका छन् । त्यस्तै उनले अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्ने पनि बताए । ‘अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्छ, उनीहरूले इज्जतका साथ जीवन बाँच्न पाउनुपर्छ,’ खड्काले सम्बोधनका क्रममा भने । त्यस्तै यूएन चार्टरमा आधारित भएर अफगानिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध बनाउनुपर्नेमा पनि परराष्ट्रमन्त्री खड्काको जोड थियो ।

त्यस्तै परराष्ट्रमन्त्री खड्काले म्यानमार प्रजातन्तत्र पुनर्बहालीका लागि सबै पक्षलाई आग्रह गरेका छन् । लिबिया, सिरिया र यमनमा देखिएका समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीले त्यहाँका सबै पक्षलाई सहमति जुटाउन आग्रह गरे । मध्यपूर्वमा लामो समयदेखि इजरायल र प्यालेस्टाइनबीच संघर्ष जारी छ । प्यालेस्टाइन र इजरायलबीचको समस्याको समाधान ‘दुई राष्ट्रिय अस्तित्व’ मार्फत नै हुनुपर्ने नेपालको लामो समयदेखिको मान्यता रहेको परराष्ट्रमन्त्री खड्काले बताए ।

© 2022 All Right Reserved DiasporaNepal