प्लेयर टू वाच : गेराथ बेल, वेल्स

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

कप्तान, देशका लागि सबैभन्दा गोल र थुप्रे कीर्तिमान । बेल यो विश्वकपमा वेल्सका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । पाँच पटक च्याम्पियन्स लिगको उपाधिका साथै ३ पटक फिफा क्लब विश्वकपको उपाधि जितेका बेलले वेल्सको जर्सीमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका छन् ।

बेलले आफ्नो प्राथमिकताहरू लेखेको चर्चित झण्डा फुटबल समर्थकहरूले बिर्सेका छैनन् र बेलले पनि आफ्नो देशका लागि खेल्दा जहिले पनि थप ऊर्जावान् बन्ने गर्छन् । बेल उमेरले ३३ वर्ष पुगे पनि विश्वकप छनोटमा गोल गर्नुका साथै र गोलको अवसर सिर्जना गरेर आफ्नो महत्त्व पुष्टि गरेका थिए । 

पहिलो खेलमा अमेरिकाविरुद्ध बराबरी गर्दा पनि उनको पेनाल्टी निर्णायक बनेको थियो । वेल्सका लागि बेलले १०९ खेलमा ४१ गोल गरिसकेका छन् । उनी हाल मेजर लिग सकरमा लस एन्जलिस एफसँग आबद्ध रहेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal