बन्जेमा विश्वकपबाट बाहिर

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा कतारमा आयोजना हुने विश्वकपबाट बाहिरिएका छन् । प्रशिक्षणका दौरान उनको खुट्टामा चोट लागेपछि उनले प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका हुन् ।

सन् २०२२ को बालोन डि’ओर विजेता बेन्जेमालाई गुमाउँदै साबिक विजेता फ्रान्सलाई प्रतियोगिताको सुरुमा नै ठुलो झट्का लागेको छ । फ्रान्सको राष्ट्रिय टोलीले उनको खुट्टाको फिलाको मांशपेसीमा चोट लागेको र उनलाई निको हुन तीन हप्ता लाग्ने जानकारी दिएको छ । टोलीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

मुख्य प्रशिक्षक डिडिएर डेस्च्याम्पले सोमबारसम्म उनको स्थानमा नयाँ खेलाडीलाई छनोट गर्नुपर्नेछ । बेन्जेमाले फ्रान्सका लागि उनले ९७ खलमा ३७ गोल गरेका छन् । फ्रान्सले यसअघि पाउल पोग्बा र एनगोलो कान्टेलाई गुमाइसकेको छ भने राफायल भरान पनि चोटबाट मुक्त हुन संघर्षरत छन् । 

फ्रान्स विश्वकपको समूह डीमा रहेको छ । टोलीले पहिलो खेल नोभेम्बर २२ का दिन अस्ट्रेलियाविरुद्ध खेल्नेछ । समूहमा डेनमार्क र ट्युनिसिया पनि रहेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal