कुलवीर थापा ‘भिसी’को शालिक अनावरण

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिरहरु : मिलन तमु र शिव भण्डारी

लन्डन । बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफलम्यान कुलवीर थापाको सालिक शनिवार अनावरण भएको छ । अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा निर्मित सालिक शनिबार बौद्ध र हिन्दू परम्पराअनुसार लामा र पण्डितले पूजापाठ गरेपछि अनावरण गरिएको हो ।

बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमाण्डर होम कमाण्ड एण्ड स्ट्याण्डिङ जोइन्ट कमाण्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनालले संयुक्त रुपमा सालिकको अनावरण गरे । कार्यक्रममा पूर्व गोरखा र बहालबाला गोरखा सैनिकहरु सैनिक पोशाक र मेडलहरुसहित उपस्थित भएका थिए ।
को हुन् कुलविर थापा ?

सन् १८८९ डिसेम्बर १५ मा पाल्पा जिल्लामा जन्मिएका थापा १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका लागि भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएको थियो ।

थापा २६ बर्षको हुँदा १९१५ मा युद्धमा होमिएका थिए । सेप्टेम्बर २५, १९२५ मा फ्रान्समा उनले जर्मन फर्स्ट लाइन खाडल (ट्रेन्च)मा एक घाइते सैनिक भेटेका थिए । आफू समेत घाइते अवस्थामा रहेका उनले मेल्टन माउब्रेका लिसेस्टरशायर रेजिमेन्टका सिपाही २० वर्षीय बिल केइटलीलाई खाड्लबाट उद्धार गरी रेखदेख गरेका थिए ।

उक्त सिपाहीलाई सुरक्षित बनाइसकेपछि उनले अन्य दुई घाइते गोर्खाहरुको उद्धार गर्न गए । दुष्मनहरुको क्षेत्रबाटै जोगिएर उनले ती घाइते सैनिकहरुलाई एक पछि अर्को गरेर सुरक्षित स्थानमा ल्याएर उपचार गराए । यसरी उनले तीन जनाको जीवन बचाएर बहादुरी देखाए । कुनै पनि बेला दुष्मनको गोलीले ठोक्न सक्ने त्रासलाई उनले प्राथमिक मानेनन् । उनलाई सकेसम्म सोल्जरहरुको जीवन बचाउनु नै प्राथमिक लाग्यो ।
२५ सेप्टेम्बर देखि ८ अक्टोबर २०१५ सम्म भएको लू युद्धमा उनले देखाएको उक्त साहसलाई लिएर सम्मानस्वरुप भिक्टोरिया क्रस (भिसी) प्रदान गरिएको थियो ।

स्थानीय हेम्पशायर न्यूजका अनुसार यसरी भिसी पाउनेमा लु युद्ध लड्ने उनको पहिलो समूह थियो । जसमा उनी परेका थिए । उनले उक्त युद्ध लडेर सर्जेन्टको दर्जा बराबरको हवलदारको दर्जा प्राप्त गरि रिटायर्ड भए । थापाको सन् १९५६ अक्टुबरमा निधन भएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal