यूएईविरुद्ध बलिङ गर्दै नेपाल

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो । 

यूएईले केही बेरमा नेपालविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल र यूएईबीचको सिरिजको निर्णायक खेल हो । तीन खेलको सिरिज १–१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो ।  दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

आजको खेलमा जित निकाल्दै नेपाल घरेलु मैदानमा पहिलो पटक दुई देशीय सिरिज जित्ने योजनामा छ । यता यूएई पनि सिरिज जित्दै घर फर्कने योजनामा छ ।

© 2022 All Right Reserved DiasporaNepal