एनआरएनए युके निर्वाचनमा पराजय : ओएनयुएफ युके भित्रबाटै अन्तरघात (प्रतिवेदनसहित)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


पार्टी नेताहरु नै रोजिना र दिपकका नाममा विभाजित

नेकपा एमाले निकट प्रवासी नेपाली एकता मंच (ओएनयुएफ) युकेले गैरआवासी नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनमा आफ्ना उम्मेदवारले पराजय भोग्नुमा पार्टी भित्रको अन्तरघातलाई मुख्य जिम्मेवार मानेको छ । ओएनयुएफ युकेको शनिवार भक्त गुरुङको अध्यक्षमा बसेको भर्चुअल जुम बैठकमा पेश गरिएको समिक्षात्मक टिप्प्णीमा कमिटि भित्रको अन्तरघातले एनआरएनए युकेमा पार्टीका समर्थकहरु पराजित हुनु भएको निष्कर्ष निकालिएको हो ।

पशुपति पोखरेलले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा गैर आवासीय नेपाली संघ युकेको निर्वाचनमा ओएनयुएफ युके र यसका समथर्कहरूको भुमिका समिक्षात्मक टिप्पणीमा एनआरएनए निर्वाचनलाई तीन भागमा विभाजन गरि तयार गरिएको छ ।
प्रतिवेदनमा संगठनात्मक मुल्याङ्कन गर्दै निर्वाचन ताका प्रयाप्त सुचनाको अभाव, विगतमा काम गरेका पार्टीका नेताहरुले भरपर्दाे सुचना ल्याउन नसक्नु, उम्मेदवारहरुको छनौट प्रक्रियामा ढिलाई हुनु र उम्मेदवारहरुलाई समर्थन गर्ने सवालमा एक रुपता नहुनु कमजोरी मानिएको छ । प्रतिवेदनमा एनआरएनए युके अध्यक्षका उम्मेदवारहरू रोजिना प्रधान राई र दिपक श्रेष्ठ संग व्यक्तिगत सम्बन्धको आधारमा पार्टीका नेताहरु विभाजित हुनुलाई अत्यन्तै दुखद कुरा भनेको छ । उक्त प्रतिवेदनमा पार्टीका अनुशासनको घोर उल्लघंन भएको प्रतिवेदनमा ठहर गरिएको छ ।
ओएनयुएफ युकेले एनआरएनए युकेको निवर्तमान कार्यसमिति सँग समन्वय गर्न नसक्नु, निवर्तमान कार्यसमितिले निर्वाचन समितिलाई स्पष्ट निर्देशन दिन नसक्नु र उम्मेदवार रहेका व्यक्तिहरुलाई सदस्यता प्रमाणिकरणको जिम्मेवारी दिनु गलत भएको ठहर गरेको छ । प्रतिवेदनमा उक्त कारणले दुई हजार भन्दा बढी प्रोक्सी मतदानले समग्रमा मतदानलाई नै लज्जित बनाएको उल्लेख गरेको छ ।
बैठकमा वितरण गरिएको प्रतिवेदनमा ओएनयुएफ युकेको संस्थागत निर्णयको धज्जी उडाएको तथा नेतृत्वको रहेका जिम्मेवार कमरेडहरुले नै निर्वाचनमा आ आफ्नो व्यक्तिगत सम्पर्कको आधारमा उम्मेदवारहरुको पक्षमा लाग्नु राजनीतिक दशर्न र नैतिक मुल्य मान्यताको समेत विपरीत भएको ठहर गरेको छ। समिक्षात्मक प्रतिवेदनमा अनलाइन प्रणालीको दुरुपयोग बारेमा अनविज्ञ हुनुलाई पनि पराजयको कारण मानेको छ । प्रतिवेदनमा उम्मेदवारहरुको मुल्यांकन गर्दै मुख्य पदका उमेद्वारहरुले टिमलाई एकाकार गर्न नसकेको भन्दै उनीहरुलाई समेत दोषी मानिएको छ ।

संघ सस्था विभागको प्रमुख समेत रहेका पशुपति पोखरेल एनआरएनए निर्वाचन समितिमा सदस्यका रुपमा कार्य गरेका थिए । उनलाई पार्टीले एनआरएनए युकेको निर्वाचनमा पार्टी समर्थकलाई जिताउने गरि काम गर्ने जिम्मेवारी दिइएको थियो । बैठकमा एनआरएनए युकेको निर्वाचनमा पराजय हुनुका कारणहरुको समिक्षा भएको महासचिव सुरेशजंग शाहले बताए । महासचिव शाहले एनआरएनए वर्तमान कार्यसमितिका गलत कार्यलाई आलोचना गर्ने र राम्रा कार्यलाई समर्थन गर्दै अघि बढने निर्णय भएको बताए ।

१० बुदे कार्यान्वयन तर्फ
बैठकले पार्टीमा सहमति भएका १० बुदेलाई कार्यान्वयमा लैजान कार्यकर्ता भेला बोलाउने निर्णय गरेको छ । आगामी अक्टोबर १० मा बोलाइने भेला मार्फत १० बुदेलाई सिर्जनात्मक रुपमा लागु गर्ने निर्णय लिएको महासचिव सुरेशजंग शाहले जानकारी दिए ।


प्रतिवेदनमा व्यक्तिहरुको मुल्याङ्कन यसरी गरिएको छ :
बेलायतमा आम मानिसका निम्न प्रकारका प्रवृति आम रुपमा देखापरेका छनः
व्यक्ति, क्षेत्रिय र जातीय प्रभावका आधारमा धारणा बनाउने
उम्मेदवार उठाँऊदा र जिताउदा आफुलार्य केन्द्रमा राखेर गतिविधि गर्ने
उम्मेदवार उठाउने र निवार्चन कार्र्यक्रम आफुलाई केन्द्रमा राखेर गतिविधि गर्ने।
आफ्नै कमरेड र सहपाठी प्रतिशोध साध्ने माध्यमको रुपमा चुनावलाई प्रयोग गर्ने ।

© 2022 All Right Reserved DiasporaNepal