नापोलीको लगातार ११ औँ जीत

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको नापोलीले लिगमा लगातार ११ औँ खेलमा जीत हासिल रहेको छ । शनिबार भएको खेलमा नापोलीले उडिनेजेमाथि ३–२ को रोमाञ्चक जीत हासिल गरेको हो ।

पहिलो हाफमा भिक्टोर ओसिमहेन र पिओटर जेलिन्स्कीले गोल गर्दै नापोली दुई गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा इल्जीफ एल्मासले टोलीलाई ३–० को अग्रता दिलाए । तर, खेलको अन्त्यतिर इलिजा नेस्टोरोभस्की र लाजार सामारडजीकले उडिनेजेका लागि गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । त्यसपछि कुनै गोल हुन नसकेपछि नापोली खेलमा विजयी बन्यो ।

जीतसँगै नापोलीले दोस्रो स्थानमा रहेको लाजियोसँगको दुरी ११ अंकको बनाउन सफल भएको छ । सिरिए एको इतिहासमा युभेन्टसपछि सुरुवाती १५ मध्ये १३ खेल जित्ने नापोली मात्र दोस्रो टोली हो । नापोलीले सन् १९८६–८७ र १९८९–९० मा दुई पटक लिग उपाधि जितको छ । त्यतिबेला डिएगो म्याराडोना क्लबमा रहेका थिए ।

© 2022 All Right Reserved DiasporaNepal