पहिलो टी-२० अन्तर्राष्‍ट्रिय खेलमा आज नेपाल र केन्या भिड्दै

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज  घरेलु टोलीसँग पहिलो टी-२० अन्तर्राष्‍ट्रियमा खेल खेल्दै छ । 

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ  । भिषा समयमै नआउँदा सोमपाल कामी, आदिल अन्सारीलगायत खेलाडी बुधबार मात्रै त्यसतर्फ प्रस्थान गरेका थिए  । केही खेलाडी भने बिहीबार बिहान मात्रै त्यसतर्फ पुग्नेछन् ।

मनोज प्रभाकरको प्रशिक्षणमा नेपाल सुखद सुरुआत गर्न चाहन्छ । उनले सबै खेल जित्न खेल्ने बताएका छन् । कप्तान सन्दीपले समेत सबै खेल जित्न खेल्ने बताएका छन ।  दोस्रो टी(२० भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम टी(२० भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ । 

नेपाल र केन्याबीच पहिलो पटक टी (२० अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । आईसीसी टी-२० विश्वकप छनोटका क्रममा नेपाल र केन्याबीच दुई पटक भेट भएको छ   । सन् २०१२ मा यूएईमा भएको सो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । यस्तै, सन्  २०१४ मा यूएईमा नै भएको खेलमा केन्याबिरुद्ध नेपालले ६ विकेटको जित निकालेको थियो । 

© 2022 All Right Reserved DiasporaNepal