सोमपाल कामी र विवेक यादव आज केन्या जाँदै

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

दोस्रो चरणमा भिसा पाएका दुई क्रिकेटर सोमपाल कामी र विवेक यादव आज केन्या जाँदैछन् ।

बिहीबारदेखि सुरु हुने टी–२० शृंखलाका लागि ११ खेलाडीसहित १४ जना मंगलबारै केन्या पुगिसकेका छन् । तर भिसा नआएका ५ खेलाडीसहित ७ जना भने केन्या उड्न पाएनन् । मंगलबार राति सोमपाल र विवेकसहित म्यानेजर सुनिल महासेठको भिसा आएको थियो । बाँकीको भिसा आउन अझै बाँकी छ ।

सोमपाल र विवेक आज कतार एअरलाइयन्सबाट केन्या प्रस्थान गर्ने क्यान सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । ‘हिजो राति तीन जनाको भिसा आयो । त्यसमा सोमपाल र विवेक आज जाँदैछन्,’ मल्लले भने, ‘भिसा समयमा नआउँदा नेपाली खेलाडीहरु छुट्टाछुट्टै जानु परेको हो ।’ अनलाइन आवेदन फारम भर्दा पनि कसैको छिटो र कसैको ढिला भिसा आएको उनले बताए ।

नेपालले बिहीबार केन्यासँग पहिलो खेल खेल्ने तालिका छ । ‘आईसीसीबाट अप्रुभ खेल भएकाले यसअघिकै तालिका अनुसार खेल हुनेछ । सर्ने सम्भावना छैन’ केन्या क्रिकेट अध्यक्ष मनोज पटेलले भनेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal