दशैंमा शिवमन्दिर अल्डरसटको प्राणप्रतिष्ठा तथा उद्घाटन

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । शिवमन्दिर अल्डरसटमा प्राणप्रतिष्ठान तथा मन्दिरको उद्घाटन आगामी अक्टोबरमा वडादशैको अवसरमा गरिने भएको छ । शिवमन्दिर अल्डरसटका कार्यवाहक अध्यक्ष बाचस्पती रेग्मीको अध्यक्षतामा बोर्ड अफ ट्रस्टिज़ र कार्यसमितिको संयुक्त बैठकले उक्त निर्णय लिएको हो ।
हालै सम्पन्न उक्त संयुक्त बैठकले आराध्य देव पशुपतिनाथ भगवान काठमाडौंको प्रतिस्वरूप चतुर्मुखी शिवलिङ्गसहित अन्य मूर्ति र प्रतिमाहरूको प्राणप्रतिष्ठापन तथा मन्दिर उद्घाटन अक्टोवरको ७, ८ र ९ तारिक (बिहिवार घटस्थापनाबाट सुरु गरेर शनिवार सम्म तीन दिन) गर्ने निर्णय गरेको छ।

पशुपतिनाथको प्रतिस्वरूप मुख्य मूर्ति बेलायतका समाजसेवी रविजङ्ग लामिछानेले सहयोगस्वरूप उपलब्ध गराएका थिए ।

नेपाली कलात्मक प्यागोडा शैलीको शिवमन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा पूर्ण वैद्धिक प्रकृयाबाट तीन दिनसम्म बेलायतस्थित गुरु चिरञ्जीवि ढकाललगायतका गुरुहरूको सहभागितामा सम्पन्न गर्ने कार्यक्रम छ । दैनिक पूजा आराधनाका साथै भजन कृर्तन एंवम नैमति बाजागाजा सहित कार्यक्रम गरिने छ । उक्त कार्यका लागि मन्दिरका संरक्षक एंवम पूर्व अध्यक्ष रोहित कुमार गुरुङ, महासचिव विक्रम भट्टराई, ट्रस्टी शुष्मा गुरुङ, ट्रस्टी सुनीत जैन, कोषाध्यक्ष हरि भट्टराई, काउन्सिलर तथा ट्रस्टी जीव बेलबासे लगायतको संयोजक समिति गठन गरिएको महासचिव बिक्रम भट्टराईले बताए।महासचिव भट्टराईका अनुसार कोरोनाका कारण उत्पन्न असहज परिस्थिति छोटो कार्यक्रम गर्न लागिएको छ ।
सम्पूर्ण महानुभावहरूलाई उक्त तीन दिवसिय प्राणप्रतिष्ठा तथा उद्घाटन कार्यक्रममा उपस्थित हुनु शिवमन्दिर अल्डरसट परिवारले अनुरोध गरेको छ।

© 2022 All Right Reserved DiasporaNepal