८ सेकेण्डमा गोलसहित एम्बाप्पेको ह्याट्रिक

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

एजेन्सी

किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लिग वानमा लिलमाथि ७-१ को शानदार जीत हासिल गरेको छ । एम्बाप्पेले लियोनेल मेस्सीको पासमा खेल सुरु भएको ८ सेकेन्डमा नै गोल गरेका थिए ।

मेस्सीले खेलको २७ औँ मिनेटमा अग्रता दोब्बर बनाएर असरफ हाकिमीले तेस्रो गोल थपे । पहिलो हाफको अन्त्य र दोस्रो हाफको सुरुवातमा नेयमारले एक-एक गोल गरे ।

त्यसपछि एम्बाप्पेले दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । तीन खेलबाट ३ वटामै जीत हासिल गर्दै पीएसजी लिगको शीर्ष स्थानमा रहेको छ । लिल भने लिगको १२ औँ स्थानमा सीमित बनेको छ ।

© 2022 All Right Reserved DiasporaNepal