लेवान्डोस्कीको दुई गोलमा बार्सा विजयी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

एजेन्सी

रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजन पहिलो जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ४-१ गोलले विजयी भएको हो ।

बायर्न म्युखिका पूर्व स्ट्राइकरले खेलको ४७ औँ सेकेन्डमा नै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ६ मिनेटपछि नै अलेक्सान्डर इस्याकले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा ओसमान डेम्बेलेले बार्सालाई पुनः अग्रता दिलाए भने लगत्तै लेवान्डोस्कीले अर्को गोल थपे । ७९ औँ मिनेटमा अन्सु फातीले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

बार्सा पहिलो खेलमा आफ्नो घरेलु मैदानमा रायो भायोकानोसँग गोलरहित बराबरीमा रोकिएको थियो । जीतसँगै बार्सा लिगको पाँचौँ स्थानमा उक्लिएको छ । आइतबार राति नै भएको अन्य खेलमा एट्लेटिको म्याड्रिड भिल्लेरियालसँग २-० गोल अन्तरले पराजित भएको छ । त्यस्तै एथ्लेटिक बिल्बाओले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ ।  

© 2022 All Right Reserved DiasporaNepal