ला लिगा : रियल मड्रिडको विजयी सुरुवात

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ । 

आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्ध पुनरागमन सहित २-१ को जित निकाल्यो  । १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।

जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो ।  गय राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो ।

© 2022 All Right Reserved DiasporaNepal