स्वास्थ्य शिविर संचालनमा नेपाली स्वास्थकर्मी सँग एनआरएनए युकेको हातेमालो

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । गत आइतबार अल्डरसटमा कोरोना महामारीका कारण लामो समय जिपि (जेनेरल पाक्टिस) जान नपाएकी मनमाया गुरुङले आफ्नो स्वास्थ्य परिक्षण गराईन् । नेपाली भाषामा संवाद गर्दै नेपाली डाक्टर र नर्स संग आफ्नो स्वास्थ्य अवस्था चेकजाँच गरि सामान्य रहेको जानकारी पाएकोमा उनी खुसी थिइन् । यस्ता कार्यमा तीन तीन महिनामा भए हामी जस्ता अंग्रेजी भाषा नजान्नेका लागि निकै राम्रो हुन्थियो उनले भनिन् । मनमाया गुरुङ जस्ता करीव दुई सय बृद्धबृद्धाहरुले आफ्नो स्वास्थ्य बारेमा चेकजाँच गराई स्वास्थ्य शिविरबाट लाभान्वित भए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) तेस्रो विश्व नेपाली सम्मेलन समापनका दिन अल्डरसटमा एनआरएनए युकेले डाक्टर एसोसियसन र नर्सिङ एसोसियसन सँग मिलेर संयुक्त रुपमा स्वास्थ्य शिविर संचालन गरेको थियो । उक्त स्वास्थ्य सम्बन्धी शिविरमा करीव दुई सय जनाले स्वास्थ्य परीक्षण र सल्लाह लिएका थिए । स्वास्थ परिक्षणका लागि नेप्लिज नर्सेज एसोसियसन युके अध्यक्ष सुनिता थापा, पुर्व अध्यक्ष प्रसुना कंडेललेसहित नेप्लिज डक्टर्स एसोसिएसन यूके स्वयसेवीहरुले दिउँसो बृद्धबृद्धाको सेवा गरेका थिए ।
‘विश्व नेपाली स्वास्थ्य सम्मेलनकै अवसर पारेर बृद्धबृद्धारुलाई सेवा गर्न पाएकोमा नेप्लिज नर्सिङ एसोसियसनका अध्यक्ष थापाले व्यक्त गरिन् । तीन दिने सम्मेलन समापनका अवसरमा नेपाली आमावुवाहरुलाई सेवा गर्न पाएकोमा एनआरएनए अध्यक्ष गाहामगर समेत दंग थिए । ‘हाम्रा आमावुवाहरुलाई नेपाली डाक्टर्स र नर्सहरुले एनआरएनए युकेसँग सहकार्य गरेर स्वास्थ्य परिक्षण गरिदिनु भएको छ । यसले हाम्रो सम्बन्धलाई थप प्रगाढ बनाएको छ’, अध्यक्ष गाहामगरले डायस्पोरानेपाल सँग भने, ‘आगामी दिनमा पनि नेपाली डाक्टर्स र नर्सहरु सँग मिलेर स्वास्थ्य शिविर संचालन गर्ने योजना छ । यस्तो कार्यबाट नेपाली समुदाय लाभान्वित होस ।’ उनले एनआरएनए युके समुदायका सबै पक्ष सँग हातेमालो गर्दै अघि बढने भएकाले नेपाली समुदायलाई जोडने थप कार्यक्रम लिएर आउने बताए ।
स्वास्थ्य चेकजाँचका लागि स्वास्थ्य शिविरमा उपस्थित भएका बृद्धबृद्धाहरुलाई खाना खुवाएर पठाइएको गाहामगरले जानकारी दिए । ‘यो हाम्रो वृद्ध बुवाआमा प्रतिको दायित्व र सम्मान दुवै हो’ उनले भने, ‘स्वास्थ्य नै धन हो । हामीले यसलाई मनन् गर्नु पर्छ ।’
तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनमा भौतिक रुपमा र भुर्चअल रुपमा पुर्वराष्ट्रपति डा. रामवरण यादव र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले संयुक्त रुपमा भर्चुअल उद्घाटन गरेको सम्मेलनमा एनआरएनए स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटालगायत ३० भन्दा बढी वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरेका थिए । ५० भन्दा वढी विशेषज्ञले कार्यशाला संचालन भएका थिए । ,महामारी युगमा सम्पुर्ण स्वास्थ्य, नाराका साथ सुरु भएको सम्मेलनले २८ बुदे लण्डन घोषणा पत्र जारी गरि गरेको थियो ।

© 2022 All Right Reserved DiasporaNepal