जनकपुर घट्यो भन्सारको राजस्व संकलन

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ। सो कार्यालयले आव २०७८/७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व संकलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात रु २६ करोड ३६ लाख ७९ हजार राजस्व संकलन गरेको छ।

जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८/७९ मा भन्सार महसुलतर्फ रु १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ नौ करोड ७४ लाख ५९ हजार रुपैयाँ, अन्तःशुल्कतर्फ ३७ लाख २७ हजार रुपैयाँ र बोलपत्र आयाततर्फ सात लाख १५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

आव २०७७/७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व संकलन भएको थियो। आव २०७७/७८ मा रु ५३ करोड ५१ हजार ५७ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ४४ करोड ५९ लाख ७१ हजार संकलन भएको थियो।

भन्सार कार्यालयका अनुसार आव २०७७/७८ मा  भन्सार महसुलतर्फ  २१ करोड ७७ लाख ८२ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २२ करोड ३३ लाख ८ हजार रुपैयाँ,  अन्तःशुल्कतर्फ ३० लाख ६२ हजार रुपैयाँ र सडक निकासी दस्तुरतर्फ १८ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। 

थुप्रै सामान आयातमा लगाएको प्रतिबन्ध, बैंकिङ माध्यमबाट कारोबार गर्नुपर्ने व्यवस्था, बाटोको समस्या, कोरोना महामारी, खुल्ला सिमाना, स्थानीय तहको निर्वाचनलगायतका कारणले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नसकिएको कार्यालय प्रमुख दासले बताए। जिल्लामा मुख्य भन्सार कार्यालय एक र छवटा छोटी भन्सार कार्यालय छन्। 

© 2022 All Right Reserved DiasporaNepal