दोहोरो अंकले बढ्यो नेप्से

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.२७ अंकले बढेको छ। यस दिन नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेर २१२३.८२ बिन्दुमा पुगेर बन्द भएको छ। 

आइतबार कारोबारमा आएका २१९ वटा धितोपत्र तथा ऋणपत्रको ६१ लाख ६ हजार ५२१ कित्ता सेयरको २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। 

आइतबार मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ९० रुपैयाँ कायम भएको छ।

त्यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५३३ रुपैयाँ र उपकार लघुवित्तको सेयर मूल्य ९.१३ प्रतिशतले बढेर अन्तिम मूल्य तीन हजार ७६४ रुपैयाँ कायम भएको छ।

यस दिन सेयर मूल्य सर्वाधिक घट्नेमा नयाँ सारथी लघुवित्त र सामलिङ पावर कम्पनी रहेको छ। नयाँ सारथी लघुवित्तको सेयर मूल्य ३.४८ र सामलिङ पावरको सेयर मूल्य ३.४३ प्रतिशतले घटेर अन्तिम मूल्य क्रमशः ९१५ र ५९१ रुपैयाँ कायम भएको छ। 

आइतबार सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। कम्पनीको १३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८५ रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले बढेको हो। 

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नबिल बैंक रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८१७ रुपैयाँमा १२ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये जीवन बीमा समूहको परिसूचक ०.०५ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। 

यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार, विकास बैंक, जलविद्युत, वित्त र अन्य समूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।

© 2022 All Right Reserved DiasporaNepal