एनआरएनए आइसीसी सह-कोषाध्यक्ष पदमा न्यौपानेको उम्मेदवारी

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औ अन्तरराष्ट्रिय महाधिवेशनमा ललितकुमार न्यौपानेले सहकोषाध्यक्षमा पदमा उम्मेदवारी दिने भएका छन । आगामी अक्टोबर २३-२५ अक्टोबरमा हुन गैरहेको एनआरएनएको १० औं महाधिवेशनमा सह(कोषाध्यक्ष पदमा बेलायतबाट उम्मेदवारी दिने भएका हुन् । एनआरएनए यूके (राष्ट्रिय समन्वय परिषद) आइसीसीमा करिब एक दशकसम्म कार्यकारी सदस्य ,सह-कोषाध्यक्ष हुदै उपाध्यक्षसम्मको जिम्मेबारी निर्वाह गरिसकेका छन । उनले एक कार्यकाल आइसीसी सदस्य(२०१९-२०२१) पदमा रही कार्य गरेको अनुभब बटुलेका छन ।
नेपालमा राष्ट्रिय बाणिज्य बैंकमा प्रबन्धकको कार्य गरेका न्यौपानेले करिब ३५ बर्ष वित्तिय क्षेत्रमा कार्य गरेको अनुभव छ (हाई स्किल्ड माइग्रेन्टका रुपमा सन् २००५ मा बेलायत आएका न्यौपाने अहिले बेलायत र नेपालमा प्रोपर्टी, हस्पिटालिटी, हाइड्रो र किप्टोकरेंसीलगायतका क्षेत्रमा व्यवसाय संचालन गरेका छन ।

एमए, बिएलसम्मको अध्ययन पूरा गरेका न्यौपाने अध्यात्म र साहित्यमा पनि रूचि राख्छन् । पशुपति मन्दिर लण्डनको ट्रष्ट्री मेम्बर समेत रहेका न्यौपानेले जीवन विज्ञान यूकेको स्थापनाका लागि विशेष पहल गरेका थिए । उनी अन्तररास्ट्रिय स्तरमा क्रियाशिल ‘प्रो इलाइट क्लब’ मा पनि सक्रिय छन् । जीवन बिज्ञानको माध्यमबाट सबैलाई मन, विचार र कर्म स्वस्थ्य र शुद्ध राख्न तथा प्रो इलाइट क्लब मार्फत लगानी सम्बन्धि ज्ञानका अनुभव बाड्दै सबैलाई सम्बृद्ध बनाउन क्रियासिल रहेका छन ।
सामाजिक कार्य र च्यारिटी संस्थामा आबद्ध उनी बेलायतस्थित धेरै संघ संस्थामा सल्लाहकारका रुपमा कार्यरत छन् । विश्वभर छरिएका अन्तरराष्ट्रिय झापाली समाजका उपाध्यक्ष छन ।
सस्थाको अन्तरिक सुशासन ,पारदर्शिता, आत्मनिर्भरता, एकता, संघको प्रभावकारितामा विशेष पहल गर्ने विविध योजनासहित सामाजिक र वित्तीय क्षेत्रमा लामो समय काम गरेको अनुभवले एनआरएनए आइसीसीको सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको कुरा जानकारी गराए ।

© 2022 All Right Reserved DiasporaNepal