सत्ता गठबन्धन बैठक जारी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहितको बैठक अहिले बसिरहेको छ।

सरकारले आमचुनावको मिति घोषणा गरेको भोलिपल्ट गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा  बैठक बसेको हो।

बैठकमा सत्तारूढ दलका दोस्रो तहका नेताहरू पनि सहभागी छन्।

बैठकमा चुनावी तालमेलका साथै लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल हुने स्रोतले बतायो।

यसअघि सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोसपालाई सरकारमा ल्याउने प्रस्ताव गरेको थियो। गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोसपालाई सरकारमा ल्याउने विषयमा असहमति जनाएको बताइएको थियो।

सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अहिलेको गठबन्धन चुनावसम्मै कायम रहने बताउँदै आएका छन्।

चुनावसम्म गठबन्धन गर्न सिट बाँडफाँट उनीहरूका लागि सबैभन्दा पेचिलो विषय बन्नेछ।

© 2022 All Right Reserved DiasporaNepal