आज मन्त्रिपरिषदको बैठक बस्दै

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए ।

मन्त्री चौधरीले भने- ‘प्रतिनिधि सभा चुनावको मितिबारे निर्णय हुने संभावना छ । अन्य मन्त्रालय गत एजेन्डाहरूमा पनि छलफल हुन्छ ।’

त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो ।

© 2022 All Right Reserved DiasporaNepal