आजै चुनावको मिति तोक्ने सरकारको तयारी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

सरकारले आजै संघीय र प्रदेशसभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको मिति तोक्ने तयारी भएपनि बैठकको समय भने तय भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

त्यसअघि आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए । गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो । 

निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । 

© 2022 All Right Reserved DiasporaNepal