प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना सङ्क्रमण

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलका अनुसार मुख्यमन्त्री राईलाई हिजाे गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

राईसँगै उनकी पत्नी शोभा पाठक, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण भएसँगै मुख्यमन्त्री राईले भेटघाट लगायतका सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिए । सङ्क्रमित सबैको अवस्था भने सामान्य रहेको छ ।

© 2022 All Right Reserved DiasporaNepal