किरात याक्थुङ चुम्लुङमा नरविर आङवो, महासचिवमा तिगेला पराजित

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । किरात याक्थुङ चुम्लुङ युकेको अध्यक्षमा नरविर आङ्बो निर्वाचित भएका छन । सेप्टेम्बर १८ र १९ एम्पायर हल अल्डर्शटमा भएको दशौं महाधिवेशनमा ३ सय ४० मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी श्रीमती दुर्गा पाङमाले १ सय २९ मत, नगेन्द्र नेम्बाङले ५६ र पूर्ण बखिमले ३४ मत प्राप्त गरेका थिए । चार उपाध्यक्ष पदमा खगेन्द्र लावती, सन्त हुक्पा चोङ्वाङ र अमृता पालुङवा बिजयी भएका छन्।

तर निवर्तमान महासचिव गणेश इजम र यदुचन्द्र लावतीले बराबर मत प्राप्त गरेको हुँदा ’ड्र’ भएको थियो। जसअनुसार तीन वर्षको कार्यकालमा पहिलो डेढ वर्ष गणेश इजम र बाँकी समय यदुचन्द्र लावतीले चलाउने सहमति भएको छ ।

त्यसैगरी महासचिवमा चुम्लुङ् यूके रशमूर शाखाका पूर्व अध्यक्ष तथा पूर्व सचिव जुरेन्द्र खजुमले अर्का निवर्तमान केन्द्रीय सचिव विश्वासदीप तिगेलालाई हराए । सानु सुब्बा भने सहसचिवमा दोस्रो पटक पनि निर्वाचित भएकी छन् । यस पटक निर्विरोध निर्वाचित हुनेहरूमा सचिवमा तारा बहादुर कन्दंग्वा, कोषाध्यक्षमा निवर्तमान सहकोषाध्यक्ष दिपेन्द्र यक्सो र दुई सहकोषाध्यक्ष पदका लागि नरप्रसाद सवेन्हिम र जीवन प्यारा लिम्बू भएका छन् ।

यस पटक निर्वाचन समितिको संयोजक मेजर रिटायर्ड चितराज हुक्पा चोङबाङ्, सचिव नर थाम्सुहाङ ’बी’ र सदस्य उत्तर मान तिगेला रहेका थिए । युकेमा २० हजारभन्दा बढी लिम्बुहरूको बसोवास रहेको अनुमान गरिन्छ र अधिराज्यभर चुम्लुङ्का १६ वटा शाखाहरू क्रियाशिल छन् ।

गत शनिबार सुरु भएको चुम्लुङ् यूकेको दसौं राष्ट्रिय महाधिवेशनको उदघाटन प्रमुख अतिथिको रुपमा कियाचू नेपालका अध्यक्ष युवराज लिम्बूले गरेका थिए ।

आफ्नो कार्यकाल र दसौं महाधिवेशन सफल पार्न सहयोग गर्नुहुने सम्बन्धित सबैलाई निवर्तमान अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले आभार प्रकट गरेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal