बर्दिवासमा लागेको आगो नियन्त्रणमा, ९० लाखको क्षति

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

महोत्तरीको बर्दिवास नगरपालिका–१ स्थित बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमबार दिउँसो सिद्धार्थ बैंक रहेको भवनको माथिल्लो तल्लामा विद्युत सर्ट भएर आगलागी भएको हो ।

जनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिका–१ स्थित बजार क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमबार दिउँसो सिद्धार्थ बैंक रहेको भवनको माथिल्लो तल्लामा विद्युत सर्ट भएर आगलागी भएको हो ।

तेस्रो तल्लामा स्थानीय अभिषेक झाले सञ्चालन गरेको ३६५ फिटनेस जिम सेन्टरमा विद्युत सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रवि रावलले जानकारी दिए ।

उनका अनुसार दिउँसो २:१५ बजे लागेको आगो स्थानीय बासिन्दा, नेपाल तथा सशस्त्र प्रहरी र बारुणयन्त्रको सहयोगमा २:५० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ ।

आगलागीले फिटनेस जिम सेन्टरमा प्रयोग भएको ट्रस, जिमको सामग्री जल्दा ९० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

© 2022 All Right Reserved DiasporaNepal