सिंहदरबार भित्र रहेका क्यान्टिनमा विद्युतीय चुल्हो प्रयोग गर्न  मन्त्रालयलाई आग्रह 

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबार भित्र रहेका क्यान्टिनमा विद्युतीय चुल्हो प्रयोग गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गरेको छ। 

साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर विस्थापन गर्ने सरकारको उद्देश्य अनुरूप उद्योग मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई विद्युतीय चुल्हो प्रयोग गर्न अनुरोध गरेको हो।  

उद्योग मन्त्रालयले गत असार मसान्तमा सबै मन्त्रालयलाई विद्युतीय चुल्हो प्रयोग गर्न पत्राचार गरेको छ। 

‘ग्यासको उपभोग न्यूनीकरण गरी व्यापार घाटा कम गर्न तथा नेपाल आयल निगमको सञ्चित नोक्सानीमा कमी ल्याउन चालू आर्थिक वर्ष २०७९/८० को बजेटमा वक्तव्यको बुँदा नम्बर ३५३ महत्वपूर्ण रहेको हुँदा यस सम्बन्धी कार्य गर्न अन्य मन्त्रालय निकायमा समेत उक्त बुँदाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन लेखी पठाउने भनी माननीय मन्त्रीस्तरको मिति २०७९/०२/२३ मा भएको निर्णयअनुसार अनुरोध छ,’ मन्त्रालयबाट जारी पत्रमा भनिएको छ। 

अर्थमन्त्रीको रूपमा आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएका जनार्दन शर्माले एलपी ग्यासको अनुदान कटौती गरी विद्युतीय चुल्होमा अनुदान बढाउने व्यवस्था मिलाइएको उल्लेख गरेका थिए। 

बजेटमा आगामी तीन महिनाभित्र महानगर र उपमहानगरबाट पनि ग्यास सिलिण्डर विस्थापित गर्ने र यसलाई राष्ट्रव्यापी अभियानका रूपमा लैजाने उल्लेख छ।

© 2022 All Right Reserved DiasporaNepal