चिलिमेले ८७ मेगावाटको सेती नदी-३ जलविद्युत आयोजना निर्माण गर्ने

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

चिलिमे जलविद्युत कम्पनीले ‍सेती नदी-३ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।

उक्त अर्धजलाशययुक्त आयोजना निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार गरिरहेको छ।

यस सम्बन्धमा सुझाव लिन आयोजनाले एक सूचना जारी  गरेको छ। 

उक्त आयोजना बझाङ  जिल्लामा निर्माण हुनेछ। यसबाट ८७ मेगावाट विद्युत उत्पादन हुनेछ। जसलार्य चैनपुर सब स्टेशनमा जोडिनेछ।

नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमेले सान्जेन, रसुवागढी लगायत जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ। 

© 2022 All Right Reserved DiasporaNepal