६ अर्ब रूपैयाँ लागतमा कर्माले भूकम्प प्रतिरोधी अपार्टमेण्ट बनाउँदै

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौंको महाराजगञ्जमा भूकम्प प्रतिरोधी सुविधासम्पन्न अपार्टमेण्ट बन्ने भएको छ।

सुरक्षित र सुविधा सम्पन्न आवासीय सेवा उपलब्ध गराउने उद्देश्यले अपार्टमेण्ट निर्माण गर्न लागेको कर्मा रेसिडेन्सी निर्माण टिमले जनाएको छ। 

व्यवसायी कर्मा तेन्जिङको लगानीमा निर्माण हुन लागेको अपार्टमेण्ट अबको ३ वर्षमा पूरा काम सकिनेछ। कार्यक्रममा बोल्दै व्यवसायी तेन्जिङले सुरक्षा र बलियो भवनको पर्याय बन्ने गरेर अपार्टमेण्ट बनाउने बताए। 

नले २०१५ को भूकम्पपछि भूकम्प प्रतिरोधि भवनको पहिलो भवन भएको दाबी गरे। २.५ बीकेएच र ३.५ बीकेएच अपार्टमेन्ट रहने कर्मा रेसिडेन्समा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ। 

उनले अन्य सुविधामा हरेक समयमा हट वाटर, निरन्तर विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटर, स्वीमिङ पुल, जिम र साउना, जगिङ ट्रयाक, मेडिटेशन योगा डेक, बालबालिकाका लागि खेल्ने क्षेत्र, मन्दिरलगायतका सुविधा पनि रहने बताए। 

उनले भवन निर्माण सकिँदासम्म ६ अर्ब रूपैयाँ लागत पुग्नसक्ने जानकारी दिए। 

त्यस्तै निर्माणको जिम्मेवारी लिएका ए वान बिल्डर्सका अध्यक्ष भक्त लामाका अनुसार करिब १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टको भवनले मात्रै ६ रोपनी मात्रै जग्गा ओगट्ने बताए।

नियम अनुसार ४० प्रतिशत अतिरिक्त, जग्गा हुनुपर्नेमा यो भवनले ४२ प्रतिशत अतिरिक्त जग्गा छाड्ने उनको भनाइ छ। आरामदायी जीवनयापन गर्न सम्पूर्ण भौतिक सुविधाले अपार्टमेण्ट सम्पन्न हुने बताए।

अबको १८ महिनामा संरचना निर्माणको काम सकिने र  बाँकी १८ महिनामा इन्टेरियर डिजाइनको काम पूरा गर्ने कर्माको योजना छ। अपार्टमेण्ट तीन वटा बिल्डिङमा हुनेछ। प्रत्येक भवनमा २ तला बेसमेन्टमा पार्किङ हुनेछ भने बाँकी १२ तलामा अपार्टमेण्ट र एक तलामा अन्य सुविधागरी १५ तलाको हुनेछ। भवनमा १६२ वटा अर्पाटमेण्टहरु हुनेछन्।

© 2022 All Right Reserved DiasporaNepal