एनआरएनए यूकेमा परिवर्तन, अवसर र चुनौती

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

अमृत घले

लण्डन ।गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको चुनाव केहि दिन अगाडी मात्र सम्पन्न भएको छ । पहिलो पटक अनलाईन प्रणाली मार्फत भएको चुनाबले एउटा इतिहास रच्न सफल भएको छ ।

गएको दशौं महाधिवेशनले तोकेको समयमा निर्वाचन गरी त्यसको मतको परिणाम आउन केही प्राविधिक कारणले या कुनै कठिनाई भएपनि अन्तमा निर्वाचनको परिणाम सहि ठाउँमा आएर बन्दुकको गोली प्रेम गाहाजीको बोली उस्तैउस्तै सावित भएको छ ।

जे भएता पनि चुनाबको परिणाम राम्रै आएको छ । यसको नेतृत्व गर्ने प्रमुख निर्वाचन आयुक्त महेन्द्र कंडेल र सदस्य सचिव कर्ण बहादुर शाहीलाई धन्यवाद ।

नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगर ज्यूले आफ्नो दुवै हातमा पाँच जना होनहार उपाध्यक्ष र एक जना होनाहार महिला उपाध्यक्ष, महासचिव, सचिव , सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरु सबै पाउनु नै आम बेलायत बासी नेपालीहरुले पाउनु नै खुसीको कुरा हो ।

त्यसरी नै चारै राज्य समन्वय परिषदका कार्यसमितिहरु साथै कार्यक्रमकै दिन प्रमुख संरक्षकमा नियुक्त हुनुभएका शेरबहादुर सुनार ज्यू सबै जनालाई हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना ।

एनआरएनए यूकेका निर्वतमान अध्यक्ष पूनम गुरुङ ज्यूलाई एनआरएनएलाई दुई बर्षसम्म अभिभाबकत्व दिएर यहाँसम्म पुर्याइ निर्वाचन सफल बनाउनु भएकोमा धेरै धन्यवाद । विभिन्न संंघसंस्थाका सदस्यहरु लगायत बुद्धिजिवी महानुभावहरु अहोरात्र चुनाबी माहोल तातिएको समयमा खटिनुभएकोमा आभारको पात्र हुनुहुन्छ ।

जित्नु भनेको एउटा भाग्य चिठ्ठा जस्तै हो । त्यसैले हार जित भईहाल्छ यो एउटा चुनावी विधि विधान भित्र रहेको संस्कारलाई तपाई हामी सबैले मान्यता दिनु नै पर्छ । दुवै जना उपविजेता अध्यक्षहरु दिपक श्रेष्ठ जी र रोजिना प्रधान राई लगायत आ – आफ्नो पदका अरु उपविजेता साथीहरुको पनि यो ठुलो एतिहासिक जित हो र अब एकै ठाउँमा बसेर काम गर्ने दिन आएको छ ।

राज्यको चौथो अंग मानिने पत्रकार ज्यूहरुले विभिन्न माध्यमबाट युकेको चुनाबी खबरहरु सुर्यको किरण झैँ संसार भर फैलाउने काम भएको छ । तपाईहरुको यो समाज सेवाको कामले गर्दा नै आज संसारमा के भएको छ भन्ने कुरा क्षणभरमै हेर्न सकिन्छ । त्यसकारण संचारकर्मी साथीहरु राम्रा कामका लागि राम्रै भन्ने, नराम्रा कामको लागि खबरदारी गर्ने तपाईहरुको हातमा अधिकार सुम्पिएको छ, अझै अगाडी बढ्नु होस् हजुरुहरुलाई धन्यवाद ।

अब चुनौती साथ काम गर्नु पर्नेः

नब निर्वाचित अध्यक्ष प्रेम गाहा मगर ज्यू, तपाईको घोषणापत्र अनुसार लेखिएका विषयवस्तुहरुका प्रत्येक बुँदाहरु धेरै गहकिला तथा चुनौतिपूर्ण छन् ।

शत् प्रतिशत नभएतापनि आम बेलायत बासी गैर आवासीय नेपालीहरुको मन मुटुमा बस्नु सक्ने खालका राम्रा काम हरु गर्नु होस् । तपाईलाई हातमा हात साथमा साथ दिन आफ्नै कार्यसमिति सहित चारै राज्य समन्वय परिषद अध्यक्ष मण्डलका कार्यसमितिहरु तत्पर रहेका छन् ।

जत्ति पनि उपविजेता साथि भाइ दिदीबहिनीहरु र हरेक संघसंस्थाका बुद्धिजिवीहरु साथै एनआरएनए यूकेका मान्यजन अग्रजहरु सबैको सहकार्य संग हातेमालो गरेर अघि बढ्नु भएमा अवश्य सफलता मिल्ने छ । संसार भरीको एनआरएनए संस्था कस्तो हुनु पर्छ भन्ने एउटा उदाहरण को रुपमा सबै ले देख्न पाइयोस् मैले शुभकामना पनि दिन चाहान्छु । एनआरएनएलाई पारदर्शी र संस्थागत रुपमा विकास गर्दै अघि बढाउने जिम्मेवारी तपाईँसहितको टिमको काँधमा आएको छ । एनआरएनएको आर्थिक वृद्धि गर्दै यसको संगठन सुदृढिकरणको मुख्य अभियान पनि तपाइँकै काँधमा छ ।

संस्था भित्र सुधार गर्नु पर्ने केही पाटाहरु

एनआरएनए युके संस्था हामी सबैको अभिभावक हो । यस संस्था भित्र विगतका ईतिहास अवलोकन गर्दा विभिन्न अध्यक्षहरुको कार्यकालमा समाज सेवा भित्रका विभिन्न सामाजिक कामहरु, च्यारिटी, विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने कार्यक्रमहरु, कतै केहि घटना घटेमा अर्थ संकलन गरेर सहयोग, नेपाली दूतावाससंग सहकार्य गरेर बेलायत र नेपालमा सर सहयोग गर्ने, गोर्खाहरुको मुद्दाको आवाज बेलायत सरकार र नेपाल सरकार सँग पुर्याउने लगायतका धेरै कामहरु छन् ।

एउटा मुख्य विषय छ, यहाँ करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरु बेलायतमा छन् । किन एनआरएनएमा जोडिनेको संख्या बढ्न सकेको छैन ? यूकेको एनआरएनए सदस्य बनाउदा बल्लतल्ल गएको दुई बर्ष अगाडी १३ हजार ६ सय चानचुन यस पटक झन् घटेर ११ हजार ४ सय चानचुन ।

यसका मुख्य कारण हरु भनेको– संस्थाको स्थापनाकाल देखिन नै एक आपसमा अध्यक्षसहित अन्य पदाधिकारीहरुको झैँ झगडा, सबैको यो साझा संस्थालाई सहि बाटोको निर्देशन नदिने, संस्थालाई पारदर्शी नबाउने, प्रजातन्त्रको जननी जन्मभूमि बेलायत भन्दैमा जे पाए त्यही बोल्ने भइरहेको छ । नेपालको कुनैपनि राजनीतिक दलगत पार्टीलाई म दोष दिन्न तर तिनै दलगत पार्टी भित्र बानी बिकेका नेताहरुको दोष हो ।

आजसम्म हाम्रो अनि राम्रो भन्न सक्ने नेता पाउन सकिएको छैन । नातावाद, जातिवात, पार्टीवाद, भ्रस्टाचारवाद इत्यादि भनि तिनै बानी बिग्रेको नेताहरुको बोली, सिद्धान्तहरुको झोला बोकेर यहाँ एनआरएनए युकेको संस्था भित्र गीत गाउने चहलपहल गर्नाले नै संस्था बलियो हुन नसकेको हो ।

तपाई हामी कुनै दलगत सिद्धान्तमा छौं होला त्यो आफ्नो अधिकारको कुरा हो । त्यो आफ्नो ठाउँमा छ । तर मौखिक रुपमै मुख खोलेरै एनआरएनए संस्थाभित्र नाराबाजी लगाउने ब्यहोराले यस संस्थालाई ठूलो चोट साथै नकारात्मक सन्देश दिएको छ । यसले आम बेलायत बासी नेपालीहरुको मन चिसो हुनु सक्छ ।

यी यस्ता व्यहोराले एनआरएनए यूके संस्थाको सदस्य बनाउनुलाई बडो कठिनाई पर्छ । यी माथिका बुँदाहरु चुनौतीका साथ सुधार गर्नु होस् । काम हरु गरेर अगाडी लैजानु होस् । सबै बुद्धिजिवी मित्रहरुको राय सुझाव लाई समेटेर अघि बढ्नुहोस् नव निर्वाचित अध्यक्ष प्रेम गाहा मगर ज्यू । अनि मात्र तपाई हामीले सदस्यहरुको संख्या बढाउनु सकिन्छ ।

यी संख्या बढ्नु नै संस्थाको अर्थतन्त्र बलियो हुनु हो । अझ सकिन्छ भनि आजीवन सदस्य बनाएमा धेरै राम्रो । होइन भने फेरी दुई बर्ष पछि चुनाव आउछ फेरी पैसा लिएर सदस्य बनाउन कठिनाई पर्छ ।

नवनिर्वाचित एनआरएनए टिमलाई हार्दिक बधाईसहित सफलताको शुभकामना । एक बलियो एनआरएनए बनाउन तपाईँहरुलाई सफलता मिलोस् ।

जय एनआरएनए यूके !

(घले, एनआरएनए बेलायत वेल्स राज्य समन्वय परिषद उपाध्यक्ष हुन् )

© 2022 All Right Reserved DiasporaNepal