५० अंकले घट्यो सेयर बजार

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

आज सोमबार एक घण्टाको अवधिमै सेयर बजार परिसूचक ५० अंकभन्दा बढीले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक १२ बजेसम्ममा ५१ अंकभन्दा धेरैले घटेको हो । यससँगै, नेप्से परिसूचक १ हजार ९४० अंकमा आइपुगेको छ । यस्तै, यो समाचार तयार पार्दा सम्ममा ५४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, यस अवधिमा १३ लाख ७२ हजार कित्ता सेयर किनबेच भएको छ ।

यस अवधिमा नेप्सेमा कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । खासगरी, नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि कसिलो मौद्रीक नीति ल्याउने संकेत गरेसँगै बजार प्रभावित बनेको छ । गर्भनर महाप्रसाद अधिकारीले आगामी वर्षको मौद्रीक नीति कसिलो आउने बताइरहेका छन् ।

© 2022 All Right Reserved DiasporaNepal