ओप्पोले नेपाली बजारमा ओप्पो ए-५७ र ओप्पो ए-७७ सार्वजनिक गर्ने घोषणा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

ओप्पोले नेपाली बजारमा ओप्पो ए-५७ र ओप्पो ए-७७ सार्वजनिक गर्ने घोषणा गरेको छ। यी दुई नयाँ स्मार्टफोनहरूको ब्याट्री क्षमता बढी हुनुका साथै फास्ट चार्जिङ पनि समर्थन गर्छ। 

ओप्पो ए-५७ र ओप्पो ए-७७ दुवैको बाहिरी आवरण र डिजाइनिङ आकर्षक छ। यी फोनहरूको कार्यक्षमता मनोरञ्जनका साथै उत्कृष्ट फोटोग्राफीका लागि उत्कृष्ट रहेको कम्पनिको भनाइ छ। 

ओप्पो ए-सिरिजहरू ओप्पोको एन्ट्री-लेभल मिड-रेन्ज बजेट स्मार्टफोनहरू हुन्। यो संस्करणमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो संस्करणको तुलनामा केही सुधारहरू गरिएका छन्।

यसमा प्रिमियम टुडी डिजाइन र फ्ल्यागशिप मोडलहरूबाट ट्रिकल-डाउन टेक्नोलोजी प्रयोग गरिएको छ। डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड-रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो। यस मोडेलहरूमा भरपर्दो गुणस्तर र गोपनीयता संरक्षण गर्ने सफ्टेवेयरहरू पनि राखिएको छ।

कम्पनीले हालसम्म नेपालमा ओप्पो ए-७७ र ओप्पो ए-५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन। यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुने बताइएको छ।

© 2022 All Right Reserved DiasporaNepal