नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ११ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ०९ पैसा र बिक्रीमा १२८ रुपैयाँ ६९ पैसा पाइन्छ। 

आइतबार अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ २७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ६८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ २९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा पाइन्छ।

आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा तोकेको छ। 

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने आज २८ रुपैयाँ ५८ पैसा र बिक्रीमा २८ रुपैयाँ ७१ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिददर ४११ रुपैयाँ २५ पैसा र बिक्रीदर ४१३ रुपैयाँ २० पैसा पाइन्छ। बहराइन दिनार एकको खरिदमा आज नेपाली ३३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३३७ रुपैयाँ १८ पैसा पाइन्छ।

© 2022 All Right Reserved DiasporaNepal