सुनको मूल्य घट्यो

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

बिहीबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको

सुन आज प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो। 

चाँदीको मूल्यमा भने आज वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

© 2022 All Right Reserved DiasporaNepal