बढ्यो अमेरिकी डलरको विनिमय दर

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च तोकिएको छ। अघिल्लो दिन राष्ट्र बैंकले डलर एकको खरिददर १२६ रुपैयाँ ३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६३ पैसा तोकेकोमा आज डलर एकको खरिददर १२६ रुपैयाँ ७० पैसा र बिक्रीदर १२७ रुपैयाँ ३० पैसा कायम गरिएको छ। 

युरोपियन युरोको विनिमय दर भने मंगलबारको तुलनामा आज घटेको छ। आज युरोपियन युरो एकको खरिदमा १३० रुपैयाँ ४५ पैसा र बिक्रीमा १३१ रुपैयाँ ७ पैसा पाइन्छ। अघिल्लो दिन युरो एकको खरिदमा १३१ रुपैयाँ ७० पैसा र बिक्रीमा १३२ रुपैयाँ ३३ पैसा पाइन्थ्यो।

आज अष्ट्रेलियन डलरको विनिमय दर पनि घटेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ११ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने आज ९७ रुपैयाँ ९४ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४० पैसा पाइन्छ।

बुधबार कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा तोकेको छ। 

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा भने आज २८ रुपैयाँ ६७ पैसा र बिक्रीमा २८ रुपैयाँ ८० पैसा पाइन्छ।

बुधबार कुवेती दिनारको विनिमय दर बढेको छ। अघिल्लो दिन कुवेती दिनार एकको खरिददर ४१० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१२ रुपैयाँ ७७ पैसा पाइन्थ्यो भने आज यसको खरिददर ४१२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१४ रुपैयाँ ४३ पैसा पुगेको छ। 

आज बहराइन दिनार एकको खरिदमा नेपाली ३३६ रुपैयाँ १० पैसा र बिक्रीमा ३३७ रुपैयाँ ६९ पैसा पाइन्छ। 
 

© 2022 All Right Reserved DiasporaNepal