बुधबार नेप्से परिसूचक १३.३३ अंकले बढेर २,०४३.९२ बिन्दुमा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

बुधबार नेप्से परिसूचक १३.३३ अंकले बढेर २,०४३.९२ बिन्दुमा पुगेको छ। अघिल्लो दिन भने नेप्से परिसूचक ४६.०८ अंकले घटेको थियो। 

नेप्से बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगेको छ। 

आज कुल २२८ किसिमका धितोपत्र तथा ऋणपत्रको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये १३३ वटाको मूल्य बढेको छ भने ७९ वटाको मूल्य घटेको छ। आज लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको छ। यसपछि सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ। 

त्यस्तै, कारोबारमा आएका १३ उपसमूहहरूमध्ये आज बैंकिङ, म्युचल फन्ड र नन लाइफ इन्स्योरेन्स बाहेक सबैको मूल्य बढेको छ। आज सबैभन्दा धेरै फाइनान्सको २.७२ प्रतिशत, लाइफ इन्स्योरेन्सको २.६८ र विकास बैंकको २.११ प्रतिशतले बढेको हो।

कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै गुँरास फाइनान्सको ११ करोड ७२ लाख ८० हजार रुपैयाँको सेयर कारोबार भएको छ।

यसपछि लाइफ इन्स्योरेन्स कर्पोरेसनको ११ करोड ५३ लाख ४६ हजार रुपैयाँ, सिभिल बैंकको १० करोड ५४ लाख ३६ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड २६ लाख ७१ हजार रुपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ६९ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ।

© 2022 All Right Reserved DiasporaNepal